IME Life New
GBIME

निर्जीवन बीमकः सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी, वृद्धिदरमा नेपाल इन्स्योरेन्सको छलाङ

SPIL
Global College
NLIC

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना भदौसम्म निर्जीवन बीमकहरुले करिब पौने ८ अर्ब रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले दुई महिनामा ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका हुन्।

गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमकहरुको व्यापार ९.३४ प्रतिशतले बढेको छ। गत वर्ष भदौमा निर्जीवन बीमकहरुले ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा यो वर्ष १२ वटा बीमकको व्यापार बढेको छ भने दुईवटाको घटेको छ।

Crest

प्राधिकरणको तथ्यांकअनुसार सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने व्यापार वृद्धिदरको हिसाबले नेपाल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

चालु आर्थिक वर्षको भदौसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत वर्ष भदौभन्दा १०.६६ प्रतिशतले बढी हो। गत वर्ष भदौमा सगरमाथा लुम्बिनीले ९१ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

दोस्रो धेरै व्यापार गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ८१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष भदौमा सिद्धार्थ प्रिमियर ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा यो वर्षको भदौमा यस कम्पनीको बीमाशुल्क आर्जन १०.७८ प्रतिशतले बढेको छ।

सर्वाधिक व्यापार गर्ने तेस्रो कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ। गत वर्ष भदौको तुलनामा यो कम्पनीको कुल बीमाशुल्क आर्जन ९.२१ प्रतिशत बढेको छ। गत वर्ष भदौमा ६६ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा यो वर्ष भदौमा बढेर ७२ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

गत वर्ष भदौको तुलनामा यो वर्ष भदौमा दुईवटा निर्जीवन बीमक हिमालयन एभरेष्ट र प्रभु इन्स्योरेन्सको व्यापार घटेको छ।

हिमालयन एभरेष्टको व्यापार भने गत वर्ष भदौको तुलनामा ६.१९ प्रतिशत घटेको छ। यद्यपि, व्यापारको हिसाबले हिमालयन एभरेष्ट चौथो स्थानमा रहेको छ। गत वर्ष भदौमा ६४ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा यो वर्ष घटेर ६० करोड २३ लाख रुपैयाँ भएको छ।

नेपाल इन्स्योरेन्सको व्यापार भने गत वर्षको तुलनामा ८५.१४ प्रतिशत बढेको छ। गत वर्ष भदौमा यो कम्पनीले २३ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यो वर्ष भदौमा भने कम्पनीको कुल बीमाशुल्क आर्जन बढेर ४३ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

गत वर्षको तुलनामा प्रभु इन्स्योरेन्सको व्यापार पनि २९.०१ प्रतिशतले घटेको छ। गत वर्ष भदौमा कम्पनीले ४१ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा यो वर्ष भदौमा घटेर २९ करोड ४१ लाख रुपैयाँमा सीमित बनेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS