GBIME
IME Life

निर्जीवन बीमकको सबैभन्दा धेरै व्यापार सम्पत्ति बीमामा, कुन क्षेत्रबाट कति प्रिमियम संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा निर्जीवन लघु बीमकले ४ लाख ७० हजार ५१४ वटा बीमालेख बिक्री गरेर उक्त रकमबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्।

भदौसम्म बीमकहरुले सम्पत्ति बीमाको सर्वाधिक व्यापार गरेको देखिन्छ। कम्पनीहरुले सम्पत्ति बीमाबाट २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन कुल व्यापारको २९.६९ प्रतिशत हिस्सा हो।

SKYWELL
Crest

यसैगरी दोस्रो ठूलो व्यापारमा मोटर बीमा परेको छ। मोटर बीमा गरेर बीमकहरुले २ अर्ब २० करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको २८.०५ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो ठूलो व्यापारमा विविध बीमा परेको छ। विविध बीमाबाट बीकमहरुले ९६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल व्यापारको १२.३५ प्रतिशत हिस्सा हो।

यसैगरी भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्कापट्टा बीमाबाट ९२ करोड ४१ लाख रुपैयाँ, सामुद्रिक बीमाबाट ४६ करोड २० लाख रुपैयाँ, हवाई बीमाबाट ४४ करोड ९० लाख रुपैयाँ, कृषि तथा बालीबाट ४० करोड १३ लाख रुपैयाँ र लघु बीमाबाट ११ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ बीमाको हिस्सा ११.७६ प्रतिशत, सामुद्रिक बीमाको ५.८८ प्रतिशत, हवाई बीमाको ५.७१ प्रतिशत, कृषि तथा बाली बीमाको ५.११ प्रतिशत र लघु बीमाको १.४५ प्रतिशत हिस्सा रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS