IME Life
GBIME

नेप्सेमा भारी अंकको गिरावट, २९ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर २,५२९ को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिईडीबीको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव १२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ५ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्र्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS