GBIME
IME Life

भारतीय स्वास्थ्य बीमकको ३ करोड भन्दा बढी ग्राहकको गोप्य तथ्यांक ह्याकरले पारे छताछुल्ल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ह्याकरको समूहले भारतीय स्वास्थ्य बीमा कम्पनीहरूको बीमितको तथ्यांक भण्डारमा अनधिकृत पहुँच स्थापित गरेर तथ्यांक छताछुल्ल पारिदिएका छन् । भारतीय स्वास्थ्य बीमा कम्पनी, स्टार हेल्थ एण्ड एलाइड इन्स्योरेन्सका स्वास्थ्य परिक्षण प्रतिवेदनसिहत चोरी भएको ग्राहकको व्यक्तिगत विवरणहरू ह्याकरले टेलिग्राममा च्याटबटहरू मार्फत सार्वजनिक गरेका हुन् ।

रोयटर्सका अनुसार च्याटबटका निर्मातामध्येका एकजनाले स्वास्थ्य बीमाको तथ्यांकहरू बिक्रीका लागि उपलब्ध रहेको र ती मध्ये नमूनाका लागि केही तथ्यांकहरू च्याटबटसँग प्राप्त गर्न सकिने जानकारी गराए पछि यो तथ्य प्रकाशमा अाएको हो । च्याटबटमार्फत बीमितको नाम, फोन नम्बर, ठेगाना, कर विवरण, परिचय पत्र, स्वास्थ्य परिक्षण प्रतिवेदन, उपचार सम्बन्धी कागज र र दाबी कागजहरू हात पार्न सकिने भएको छ।

SKYWELL
Crest

६ अगस्टदेखि ह्याकरले सञ्चालनमा ल्याएको च्याट बटमा ३ करोड १० लाख भन्दा बढी बीमितसँग सम्बन्धित ७.२४ टेराबाइट तथ्यांक बिक्रीका लागि राखिएका छन्।

स्टार हेल्थले यो विषयमा अनुसन्धानका लागि तमिलनाडु राज्यको साइबर अपराध विभाग र संघीय साइबर सुरक्षा एजेन्सीलाई अनुरोध गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS