IME Life
GBIME

हिमालय ऊर्जाको करिब साढे १४ लाख कित्ता शेयर आजबाट बिक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको करिब साढे १४ लाख कित्ता शेयर आज असोज ७ गतेबाट बिक्रीमा राखिने भएको छ। कम्पनीले अवितरित १४ लाख ४६ हजार ३५८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो। त्यस क्रममा बिक्री हुन बाँकी शेयर लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो।

Crest

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन असोज १४ गतेसम्म दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने कुनै हद तोकिएको छैन। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो शेयरमा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका साथै नबिल बैंकका शाखाहरु विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS