IME Life
GBIME

एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ बजारमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बालरोग विशेषज्ञ डा. श्रीधर खनालको साइन्स फिक्सनमा आधारित एआई र रोबोटिक्स उपन्यास सावर्णि बजारमा आएको छ ।प्राध्यापक अभि सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र सावर्णिका लेखक स्वयम् डा. श्रीधर खनालले एक कार्यक्रमका बिच सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक माथि बिबेचना गर्दै लेखक समीरले अबको युग ‘सावर्णि’ युग भएको बताए । ‘अब हामी सावर्णि युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना खाना खानै नसक्ने अवस्था छ’ । कुनै लेख लेख्नुपरे च्याट जीपीटी छ । एआईको उच्चतम प्रयोगबाट मानिसमा भएको संवेदना, सृजना र आत्मियता हराउँदै जाने र एकदिन ‘हामीलाई एआईले नियन्त्रण गर्ने छ भन्दै, लेखक समीरले त्यो भयावह अवस्थाको सुन्दर चित्रण सावर्णि उपन्यासमा पढ्न सकिने बताए । उनले भने ‘एआईले हामीलाई शासन गर्न सुरू गरिसकेको छ ।

Crest

लेखक सगुना शाहले ‘सावर्णि’मा डा. खनालको अध्ययन, प्रस्तुती र कल्पनशिलताको उच्चतम फैलावटबाट आफु रोमाञ्चित भएको बताइन् ।
सावर्णि ‘हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा हामी कैयौं पटक बाल्यकालमा पुग्छौं । त्यहि सुन्दर, उत्सुक र निस्फिक्रि संसारमा पुग्छौं । भविष्यको युगमा हाम्रा सन्ततीमाथी हुने नियन्त्रणको प्रभावमा मानिसले भोग्ने छट्पटाहटलाई यो पुस्तकले सुक्ष्म तहमा विवेचना गरेको उनले बताईन् ।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक अभि सुवेदीलेः ‘यो उपन्यासले विनासको रौद्र रुपमा मात्र होइन् आशाको सुन्दर संकेत समेत गरेको बताए । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको र सम्भवतः एआई र रोबोटिक्स युगकोबारे यसरी लेखिएको यो नेपालको पहिलो उपन्यास नै भएको उनले टिप्पणी गरे ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS