IME Life
GBIME

शेयर बजार दोहोरो अंकले बढ्दा ५ अर्ब ९ करोडको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौ. । आज शेयर बजार दोहोरो बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से पसरिसूचक ११ दशलमव ५८ अंकले बढेर २,५८८ को विन्दुमा कायम भएको छ । आज १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै इस्र्टन हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र अपर स्यांगे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ६५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS