IME Life
GBIME

डिजिटल रुपान्तरणमा ६०० करोड खर्च गर्दै एलआईसी भारत, २ वर्षभित्र पूर्ण रुपमा पेपरलेस काम

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगम (एलआईसी) ले डिजिटल रुपान्तरणमा भारु ६०० करोड खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

एलआईसी प्रमुख जोखिम अधिकारी (सीआरओ) सुन्दर कृष्णनले यो जानकारी दिए। एलआईसीले २ वर्षभित्र पूर्ण रुपमा पेपरलेस काम गर्ने योजनामा विचार गरिरहेको उनले जानकारी दिए।

Crest

मुम्बईमा बेंगाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा कृष्णनले भने, ‘हामीले ४०० करोडभन्दा बढीको लागतमा सिस्टम एग्रिगेटर हायर गरिसकेका छौँ। हामीले १०० करोडमा डिजिटल रुपान्तरणका लागि परामर्शदाता नियुक्त गरेका छौँ र एजेन्सी रुपान्तरणमा १०० करोड खर्च भइरहेको छ। यसरी, डिजिटल रुपान्तरणमा कुल ६०० करोड खर्च भइरहेको छ।’

यस हप्ताको सुरुमा एलआईसीले यसको नेक्स्ट जेनरेसनको डिजिटल प्लेटफर्म विकास गर्न टेक्नोलोजी दिग्गज इन्फोसिसमा संलग्न भएको घोषणा गरेको थियो। यसले उपभोक्ता र बिक्री सुपर एप, पोर्टल र कर्पोरेसनहरुका लागि डिजिटल शाखाहरुसहित उच्चस्तरको ग्राहक सेवा प्रदान गर्नेछ। यो जीवन बीमाकर्ताको डिजिटल रुपान्तरण कार्यक्रमको हिस्सा हो।

यसबाहेक एलआईसीले बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) लाई परामर्शदाता नियुक्त गरेको छ। एलआईसीको डिजिटल रुपान्तरण पहलले ग्राहक सेवामा सुधार ल्याउने विज्ञहरु बताउँछन्। ग्रान्ट थोरन्टन इन्डियाका साझेदार विवेक अय्यरले भने, ‘जनसांख्यिकी परिवर्तन र अर्थतन्त्रमा नयाँ जनसंख्याको प्रवेशसँगै एलआईसीले ग्राहक गुमाइरहेको छ र नयाँ बीमा कम्पनीहरुले सहज र राम्रो सेवा प्रदान गरेर उनीहरुलाई आकर्षित गरिरहेका छन्।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS