GBIME
IME Life

बीमकले बैंकमा राख्ने पैसाको ब्याजदरका विषयमा राष्ट्र बैंकले सहजीकरण गरिदिनुपर्छः सीईओ लोहनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, नारायण बाबु लोहनी। उनी कम्पनीको स्थापनाकालदेखि नै सीईओको भूमिकामा छन्। सिभिल इन्जिनियर लोहनीले व्यस्थापनमा स्नातकोत्तर गरेका छन्। रिलायबल नेपाल लाइफ आउनुअघि उनी बैंकिङ सेक्टरमा सक्रिय थिए। उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा मात्रै एक दशकभन्दा लामो समय काम गरेको अनुभव छ। उनै सीईओ लोहनीसँग इन्स्योरेन्स टकमा बीमा क्षेत्रको वर्तमान अवस्था र विषयका चुनौती तथा अवसरका विषयमा गरिएको कुराकानीको सारसंक्षेपः

बीमा क्षेत्र आजको दिनमा कत्तिको स्वस्थ र आरामदायी अवस्थामा छ ?

SKYWELL
Crest

समग्र रुपमा हेर्दा बीमा क्षेत्र स्वस्थ नै छ। हाम्रो धेरै आय नवीकरणबाट आउँछ। हिजोका दिनमा ब्याज राम्रो हुँदा कम्पनीहरुले लामो समयका लागि मुद्दति निक्षेपमा पनि रकम राखेका छन्। त्यसले पनि सहज गरेको छ। तर, एउटा चुनौती चाहिँ मुद्दति निक्षेपमा रहेको रकमको ब्याजदर घटिरहेको छ। बैंकहरुले ब्याजदर घटाउँदै जाँदा यता पनि त्यसको असर परिरहेको छ। यसले कालान्तरमा फेरि अप्ठ्यारो पर्न सक्छ। तर, कुनै बेला महँगो ब्याजदरमा निक्षेप राखेको र अहिले त्यो सेटअप भएको पनि बुझ्न सकिन्छ।

अर्थतन्त्रको सबै परिसूचक कमजोर भइरहेको अवस्थामा बीमा क्षेत्रमा पनि त्यसको असर पर्ने नै भयो। त्यसकारण सबै मूल्यांकन गर्दा अहिले बीमा क्षेत्र ठीकै अवस्थामा छ।

बीमा क्षेत्र तपाइँहरुको मूल आम्दानी नै बैंकमा मुद्दति निक्षेपमा राखेर आउँछ। त्यसमै राष्ट्र बैंकले १ प्रतिशत कम ब्याज दिने नीति लिएर विभेद गरिरहेको छ। तपाइँहरुका सञ्चालक तथा व्यवस्थापक यति कमजोर किन भए ?

बैंकमा राखेको पैसामा फरक हुँदा पक्कै पनि त्यसको असर परेको छ। त्यसको असर पोलिसी होल्डरलाई नै हुन्छ। संस्थागत रुपमा हामी डिपोजिटर भए पनि त्यो पैसा बीमितबाट नै आएको हो। त्यसकारण यसरी लिने ब्याज स्वतन्त्र तरिकाले निर्धारण गर्नुपर्छ भनेर भन्दै आइरहेका छौँ। सायद त्यसैले होला विगतमा २ प्रतिशत कम रहेकोमा अहिले १ प्रतिशत कम छ।

तत्कालीन समयमा ब्याजदर धेरै बढिरहेका कारणले व्यवसायीलाई धेरै समस्या परेकाले व्यक्तिगतलाई मुद्रास्फीतिभन्दा तल ब्याजदर राख्दा सिस्टममा पैसा नहोला भनेर कर्पोरेट क्षेत्रलाई यस्तो नीति लिएको हो। अब ब्याजदर घटिरहेकाले यसलाई बराबर नै गर्नुपर्छ भन्दै आएका छौँ। अझै हामीले राख्ने भनेको त १५–२० वर्ष अवधिलाई हो। त्यसकारण हाम्रो रेट स्वतन्त्र छाडिनुपर्छ। यो सिलिङ राख्न हुँदैन भन्ने हाम्रो बुझाइ छ।

तपाइँहरुलाई सञ्चय कोषको वा सेना–प्रहरीको कोषको पैसा राखिदिएको, नेपाल टेलिकमले राखिदिएको जस्तो बुझ्दो रहेछ है सरकारले ?

हामीले बुझाउन चाहिँ कोसिस गरेको हो। तर, सकेका छैनौँ जस्तो देखिन्छ। सेनाको पैसा भनेको पनि व्यक्तिगत १–१ जना सेनाको पैसा हो नि। हिजोको दिनमा बिड गरेर दिने चलन थियो। अब अहिले जुन किसिमले ब्याजदर घटेको छ, त्यो किसिमले यसलाई खुला छाड्नुपर्ने हुन्छ। केन्द्रीय बैंकले मौद्रिक नीतिमा समयअनुसार नीति लचक बनाएजस्तै ब्याजदरका विषयमा पनि सहजीकरण गर्नु अहिलेको आवश्यकता हो।

नेपालमा एउटा अचम्म छ, घर–जग्गाको व्यापार, शेयर बजार, मुलुकको अर्थतन्त्र अब कता जान्छ भन्ने मौद्रिक नीतिले देखाउँथ्यो। अब बीमा कम्पनीको वित्तीय विवरण कस्तो आउँछ भन्ने पनि मौद्रिक नीतिमै निर्भर हुन थाल्यो है ?

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीले बैंकमा पैसा राख्नुपर्छ। किनकि त्यहाँ पैसा सुरक्षित हुन्छ र बीमितले मागेको बेला पैसा दिन सक्छौँ। हामीले अर्थमन्त्री, राष्ट्र बैंकलगायत सबैलाई यसबारे अवगत गराएका छौँ। केही न केही नीति परिवर्तन हुन्छ भन्ने पनि हाम्रो माग छ। साथै, बीमाका लागि छुट्टै बन्ड ल्याइनुपर्नेमा हामीले जोड दिँदै आएका छौँ। अर्थ मन्त्रालयमा समेत यो कुरा राखेका छौँ। यसमा सुनुवाइ होला भन्ने हाम्रो विश्वास छ।

राष्ट्र बैंकले अहिले क्यापिटल टायर नपुगेर व्यवसाय विस्तार गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई अग्राधिकार शेयर जारी गर्ने व्यवस्था पनि दिएको छ। यसमा बीमा कम्पनीलाई नै लक्षित गरेर यो व्यवस्था गरिएको जस्तो देखियो। तपाइँहरुको अहिले अवस्था कस्तो छ यसमा ?

अग्राधिकार शेयरबारे हाम्रो पनि बोर्डमा छलफल हुन बाँकी नै छ। सरसर्ती हेर्दा कमाएको बेलामा रिटर्न दिने भन्ने छ। नेपालमा त्यसरी गर्दा बैंकहरुबाट सधैँ कमाइ हुन्छ कि हुँदैन, कमाएको बेला पनि एकपटक दिने अर्कोपटक नदिने हुन सक्छ। त्यसकारण यसमा सबैलाई प्रतिबद्ध बनाउन सक्नुपर्छ। बीमा क्षेत्रले यस कुरालाई हेर्न खोजेको छ। केन्द्रीय बैंकले बैंकहरुलाई सहज बनाउन त्यस्तो व्यवस्था गरेको ठीक छ। तर, यसमा हामीले लगानी गर्ने कि नगर्ने भन्ने विषयमा हामी स्वतन्त्र छौँ। त्यसकारण अझै यसमा सोच्नुपर्र्छ।

८ र साढे ८ प्रतिशतको प्रस्तावित रिटर्न रेट छ बैंकहरुको। त्यो प्रस्ताव कत्तिको राम्रो हो ?

वार्षिक रुपमा आउने हो भने अहिलेको ४–५ प्रतिशतको तुलनामा त्यो राम्र्रो हो। तर, २–३ वर्ष कमाउन नसक्ने भयो भने त त्यो त अहिले पाइरहेको ब्याजभन्दा पनि कम हुन जान्छ। फेरि बैंकहरुले अहिले नबाँडौँ, अर्को पटक बाँड्ने भन्न पनि सक्छन्। त्यसकारण त्यसमा हामी छलफल गरेर अगाडि जान्छौँ।

बीमा प्राधिकरणले कहाँ कति लगानी गर्ने भन्ने गाइडलाइन बनाइदिएको छ। बैंकमा पैसा राख्दा ब्याज नपाउने अवस्था छ। जसले गर्दा लगानी गर्न पनि मुस्किल र बीमितसँगको प्रतिबद्धता पूरा गर्न पनि मुस्किल छ। अब कसरी अगाडि बढ्ने ?

बीमा प्राधिकरणले लगानीका लागि धेरै क्षेत्र खुला गरिदिएको छ। त्यसबाहेक पनि राम्रो प्रोजेक्ट भयो भने विशेष रुपमा केस टु केसमा पनि एप्रुभल दिन्छु भनेका छन। रिलायबल नेपाल लाइफको कुरा गर्ने हो भने हामीले यसमा भेञ्चर क्यापिटल ल्याएका छौँ। त्यसलाई स्वीकृति गराएर त्यसबाटै कारोबार गराएका छौँ। त्यस्तै रिलायबल इन्भेस्टमेन्ट मर्चेन्ट बैंकिङ पनि आएको छ। त्यसबाट पनि हामीले लगानी गरेका छौँ। लगानीका लागि अहिले धेरै क्षेत्र खुलेका छन्। अब कहाँ–कहाँ लगानी गर्ने भन्ने हामीले हेरेका छौँ। हामी मुद्दति निक्षेपमा मात्र निर्भर भएका छैनौँ। करिब ३ वर्ष अघिदेखि नै हामीले कम्पनी ल्याएर यसलाई च्यानलाइज गर्न लागिरहेका छौँ।

तपाइँहरु दसौँ लाख नागरिकको बचतमात्र हैन वित्तीय जोखिम पनि स्वीकार गर्नहुन्छ। त्यसको लगानी गर्दा जोखिमको थप मूल्यांकन पनि गर्नुपर्ने हुन्छ। लगानी कहाँ–कहाँ गर्दा उपयुक्त हुन्छ भनेर स्क्रिनिङ गर्ने टिम पनि चाहिन्छ। त्यस्तो टिम बजारमा छन् ?

हामीले भएकोमध्ये सबैभन्दा राम्रो गर्न प्रयास गर्ने हो। रिलायबल लाइफको कुरा गर्दा हामीले जोखिमको उपयुक्त मूल्यांकन गरेका छौँ। हामीले बीमितलाई बोनस बढ्छ भन्ने सुनिश्चित गरेका छौँ। हाम्रो वासलात पनि एकदमै स्वस्थ छ। हाम्रो वृद्धि पनि निकै स्वस्थ छ। अन्डरराइटिङ र लगानी दुवैबाट कमाइ गरेका छौँ।

अन्डरराइटिङ र लगानीको नाफाको कुरा गर्नुभयो। त्यसको रेसियो कसरी मेन्टेन गर्नुहुन्छ ?

कहिले अन्डरराइटिङको राम्रो हुन सक्छ। कहिले लगानी नाफाको। ओभरलमा हेर्दा बोनस बढ्दो गतिमा हुनुपर्छ र ईपीएस पनि राम्रो हुनुपर्छ। पोलिसी होल्डरले राम्रो बोनस पाउनुपर्छ। लगानीकर्तालाई पनि खुसी पार्नुपर्छ।

लगानीकर्तालाई खुसी पार्ने भन्दै हुनुहुन्छ। त्यसको पनि समय आउन–आउन लाग्यो है ?

त्यो इन्भेस्टर्सलाई रिटर्न नै दिनुपर्छ भन्ने छैन। लगानी भनेको त कृषिजस्तै हो। जब रुख चिल्लो हुँदै जान्छ, त्यसमा लगानी त लाग्छ नि।

यसपाल चाहिँ निकै राम्रो फल लाग्दैछ भन्छन् नि ?

अहिले प्रायः सबै लगानीकर्तालाई राम्रो छ जस्तो लाग्छ। पछिल्लो समय धेरै कम्पनीको शेयर लगानी राम्रो छ। प्रिमियमको पैसा पनि रिजर्भ छ। हरेक साल शेयर होल्डरको हात खालि नहोस् भन्ने हाम्रो उद्देश्य छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS