GBIME
IME Life

पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने आज भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक मनोज खड्काले बताए ।

संयोजक खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ समूह सहभागी हुनेछन् । विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

SKYWELL
Crest

त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संयोजक खड्काले जानकारी गराएका थिए । प्रशिक्षण केन्द्रका संरक्षक तथा शारीरिक सुगठनका पूर्व राष्ट्रिय खेलाडी पदम श्रेष्ठले स्थापनाकालदेखि हालसम्म पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रशिक्षण गराउनुका साथै वर्षेनी प्रतियोगिताको कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । उनले विगतका वर्षहरुमा भएका प्रतियोगिताबाट बचत रकम दिनदुखी, असहाय, गरिब, वृद्ध तथा अनाथहरुलाई सहयोग गरेको बताए ।

त्यसैगरी खेलकुदको माध्यमबाट उत्कृष्ट खेलाडी उत्पादन गर्नुका साथै आपसी भाइचारा र सद्भावको विकाश गर्न क्लब स्तरीय पुरूष तथा महिला भलिबल प्रतियोगिता–२०८१ आयोजना गरिएको प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)ले जानकारी गराए ।

अन्तराष्ट्रिय रेफ्रि टहलसिंह थापा मगरले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न आफुले पूर्ण रुपमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । सहआयोजक एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस र विशेष सहयोगी छन्त्याल ब्रदर्श, नदीपुर रहेको छ ।

अघिल्लो वर्ष सातौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लव र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए । प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल) को अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन अशोक थापाले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS