काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५७ दशलमव ०३ अंकले घटेर २,५८० को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२७ कम्पनीकोशेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन हाइएड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।