काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेल र पेट्रोलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
अब मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६ रुपैयाँ, दोस्रो वर्गमा १५८ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेर प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गमा १४८ र तेस्रो वर्गमा १४९ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।