काठमाडौं । भदौ ३० गते आइतबार नेप्से परिसूचक २६३७.७९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५०.७३ अंकले घटेको छ।
१० अर्ब ३३ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट १ अर्ब १८ करोड ७० लाखको कारोबार भएको छ जसमा ६२ करोड २० लाखको खरीद छ भने ५६ करोड ४९ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ३५ करोड ६४ लाखको खरीद छ भने ५३ करोड ७० लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।