GBIME
IME Life

सीईडीबी हाइड्रोका लगानीकर्ताले तिर्नु नपर्ने भयो बोनस शेयरको कर, कम्पनीले नै तिरिदिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले बोनस शेयरमा लाग्ने करको रकम तिर्नु नपर्ने भएको छ। कम्पनीले नै तिरिदिने भएको छ।

कम्पनी सञ्चालक समितिले दुई आर्थिक वर्ष २०७९।८० र २०८०।८१ का लागि हाल कायम चुक्तापुँजीको ११ प्रतिशतले हुन आउने १० करोड २४ लाख ९१ हजार ९६१ रुपैयाँबराबरको बोनस शेयर (करबाहेक) वितरण गर्ने निर्णय गरेको थियो। यसको अर्थ लगानीकर्ताले यो बोनस शेयरमा लाग्ने कर आफैँले तिर्नुपर्ने आशयको निर्णय थियो।

SKYWELL
Crest

यसरी बोनस शेयरको कर आफैँले तिर्नुपर्ने भएपछि लगानीकर्ताहरु आक्रोशित भएका थिए। उनीहरुले सामाजिक सञ्जालमार्फत सीईडीबी हाइड्रोको निर्णयको व्यापक विरोध गरेका थिए।

यस विषयमा इन्स्योरेन्स खबर डटकममा समाचारसमेत प्रकाशित भएको थियो। आज कम्पनीले एक सूचना जारी गर्दै बोनस शेयरमा लाग्ने करको विषयमा प्रस्ट्याएको छ।

कम्पनीले प्रस्तावित बोनस शेयरबापत तिर्नुपर्ने कर कसले तिर्ने विषयमा अन्यौल उत्पन्न भएको जानकारी प्राप्त भएको सूचनामा भनिएको छ। ‘आयकर ऐन, २०५८ को दफा ५४ (३) बमोजिम करकट्टीपछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान छ’, सूचनामा भनिएको छ, ‘सोही प्रावधानअनुरुप अघिल्लो साधारणसभामा बोनस शेयरबापत करका लागि छुट्याइएको रकम आगामी साधारणसभामा स्वीकृत हुने बोनस शेयरका लागि पर्याप्त रहेको छ। सोही रकमबाट कम्पनीले हाल प्रस्तावित बोनस शेयरबापतको कर तिर्नेछ।’

तसर्थ बोनस शेयरबापतको कर शेयरधनीहरुले नभई कम्पनीले तिर्ने जानकारी सूचनामा गराइएको छ।

लाभांश पारित गर्न सीईडीबी हाइड्रोपावरले आउँदो असोज २१ गते साधारणसभा डाकेको छ। कम्पनीले बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको ५४.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गर्दैछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गते १ दिनका लागि बुकक्लोज गर्ने भएको छ। ययसको मतलब असोज ६ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS