GBIME
IME Life

बोनस शेयरको करको भार लगानीकर्तामाथि थोपर्दै सीईडीबी हाइड्रोपावर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस शेयरमा लाग्ने करको भार लगानीकर्तामाथि थोपर्ने भएको छ।

कम्पनी सञ्चालक समितिले दुई आर्थिक वर्ष २०७९।८० र २०८०।८१ का लागि हाल कायम चुक्तापुँजीको ११ प्रतिशतले हुन आउने १० करोड २४ लाख ९१ हजार ९६१ रुपैयाँबराबरको बोनस शेयर (करबाहेक) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ लगानीकर्ताले यो बोनस शेयर पाउन त्यसमा लाग्ने कर आफैँले तिर्नुपर्ने हुन्छ। यो हिसाबले कम्पनीले लगानीकर्तामाथि करिब सवा ५१ लाख रुपैयाँ करको भार थोपर्ने भएको छ।

SKYWELL
Crest

लाभांश पारित गर्न सीईडीबी हाइड्रोपावरले आउँदो असोज २१ गते साधारणसभा डाकेको छ। कम्पनीले बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको ५४.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गर्दैछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गते १ दिनका लागि बुकक्लोज गर्ने भएको छ। ययसको मतलब असोज ६ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS