IME Life
GBIME

बोनश र हकप्रदको प्रस्ताव सहित सीईडीबी हाइड्रोपावरले डाक्यो एजीएम, यस्ता छन् अन्य एजेन्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असोज २१ गते साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनश शेयर वितरण गरेपपछि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने र बोनश शेयर वितरणपछि ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान १० बजे शुरु हुने कम्पनीको भनाई छ।

Crest

सभाले सञ्चालक समिितको आर्थिक वर्ष २०७९/ ८० र २०८०/ ८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९ /८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विततरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/ ८१ को लागि नियुक्त लेखा परीक्षक तथा नीजको पारिश्रमिक अनुमोदन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभाले बोनश वितरण र हकप्रद निष्काशनको प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुको साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS