GBIME
IME Life

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसायमा नयाँ अभिकर्ता उत्पादन हजार हाराहारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीले पछिल्लो एक वर्षको अवधिमा १ हजार ४७ जना नयाँ अभिकर्तालाई अभिकर्ता इजाजत पत्र दिलाएका छन् । बीमा नियामक नेपाल बीमा प्राधिकरणले सञ्चालन गर्ने अनलाइन परिक्षामा सहभागि गराएर निर्जीवन बीमकले यो संख्यामा नयाँ अभिकर्ता उत्पादन गरेका हुन् ।

प्राधिकरणले गत वर्ष कात्तिक १७ गतेदेखि अनलाइन परिक्षामार्फत केन्द्रिकृतरूपमा इजाजत पत्र वितरण शुरू गरेपछि जीवन र निर्जीवन दुबै बीमा व्यवसायमा अभिकर्ता उत्पादन नियन्त्रित भएको छ।

SKYWELL
Crest

युनाइटेड अजोड इन्स्योरेन्स अभिकर्ता उत्पादनमा आक्रामक देखिएको छ। यसले गत आर्थिक वर्ष २०८०।८१ मा कुल २४२ जना नयाँ अभिकर्ता उत्पादन गरेको छ। सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पनि अभिकर्ता उत्पादनमा ध्यान केन्द्रित गरेको देखिएको छ। यसले  २२५ जना नयाँ अभिकर्ता उत्पादन गरेको छ।

तेश्रो सर्वाधिक ठूलो संख्यामा एनएलजी इन्स्योरेन्सले १८८ जना अभिकर्ता उत्पादन गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७२ जना र आइजिआई प्रुडेण्सियलले ६५ जना नयाँ अभिकर्ता उत्पादन गरेको छ। सानिमा जिआइसी इन्स्योरेन्सले ५५ जना नयाँ अभिकर्ता बनाएको छ। निर्जीवन बीमकमध्ये भारतीय बीमकको शाखा नेशनल इन्स्योरेन्स कम्पनीले आव २०८०।८१ मा नयाँ अभिकर्ता उत्पादन गरेको छैन ।

चार दिनको आधारभूत तालिम पछि अभिकर्ताले प्राधिकरणद्वारा तोकिएको मितिमा अनलाइन माध्यमबाट परिक्षामा सहभागिता जनाउनुपर्छ। परिक्षामा सोधिएका १०० वटा वस्तुगत प्रश्नहरूमध्ये कम्तीमा ६० वटाको सही उत्तर छनौट गर्ने परिक्षार्थीलाई प्राधिकरणले अभिकर्ता इजाजत पत्र उपलब्ध गराउँछ। यसअघि प्राधिकरणले परिक्षाको व्यवस्था नगर्दा तालिममा सहभागि भएलगत्तै सम्बन्धित व्यक्ति इजाजत पत्र प्राप्त गर्न योग्य ठहरिने व्यवस्था थियो ।

सम्पत्ती बीमाको बाध्यकारी प्रावधानका कारण निर्जीवन बीमकको व्यवसाय अभिकर्ताभन्दा पनि व्यवसायीक सम्बन्धमा अधिक निर्भर रहेको छ। मोटर बीमा, उद्योग व्यवसायको अनिवार्य बीमा, पारवहन बीमा, हवाई बीमा, संगठित क्षेत्रका कर्मचारीको अनिवार्य बीमा लगायतका बाध्यकारी बीमा सम्बन्धि प्रावधानले जीवन बीमकको तुलनामा निर्जीवन बीमकलाई अभिकर्ताको भर पर्नुपर्ने बाध्यता कम छ। निर्जीवन बीमकको कुल व्यवसायमध्ये ४० प्रतिशत अनिवार्य मोटर बीमाले धानेको छ। यसबाहेक जलविद्युत परियोजना, बैंक कर्जा प्रयोजनका लागि धितो राखिएको सम्पत्तीको बीमाले ३० प्रतिशत हिस्सा ओगटेको छ।

पछिल्लो समयमा नियामक प्राधिकरणले कृषी बीमा र लघु बीमाको व्यवसाय वृद्धि गर्न निर्जीवन बीमकलाई दबाब दिई रहेकाले असंगठितरूपमा रहेको यो क्षेत्रमा बीमा व्यवसाय विस्तारका लागि निर्जीवन बीमकका लागि अभिकर्ता सञ्जाल आवश्यक छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS