IME Life
GBIME

किलर लुकका साथ रेसिङ फिचर, यामाहाले लन्च गर्यो आकर्षक सुपर स्पोर्टी बाइक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । इन्डिया यामाहा मोटर प्राइभेट लिमिटेडले आज नयाँ कार्बन फाइबर प्याटर्न ग्राफिकसहितको प्रसिद्ध स्पोर्ट बाइक यामाहा आर१५एम लन्च गरेको छ। यो बाइकमा १५५ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ। जुन प्रसिद्ध बाइक आर१ बाट प्रेरित छ। यसलाई यामाहाको रेसिङ डीएनएसँग मिलाएर सुपर स्पोर्टी लाइनका रुपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ।

कार्बन फाइबर ढाँचा भएको यामाहा आर१५एम बाइकको मूल्य भारु २ लाख ८ हजार ३०० रहेको छ। जबकि मेटालिक ग्रेमा अपग्रेड गरिएको आर१५एमको मूल्य भारु १ लाख ९८ हजार ३०० (एक्स–शोरुम) छ र यो भारतका सबै यामाहा डिलरसिपमा बिक्रीका लागि उपलब्ध छ।

Crest

कार्बन फाइबर ढाँचा आर१एमको कार्बन बडीवर्कबाट प्रेरित छ र उत्कृष्ट फिनिसका लागि आधुनिक वाटर–डिपिङ टेक्नोलोजी प्रयोग गरेर बनाइएको छ। यो ढाँचा अगाडि काउल, साइड फेयरिङ र रियर साइड प्यानलको किनारमा देख्न सकिन्छ। कार्बन फाइबर ढाँचाबाहेक आर१५एमले सबै कालो फेन्डर, ट्यांकीमा नयाँ डेकल्स र साइड फेयरिङ र दुवै छेउमा निलो रङका पांग्राहरु प्राप्त गर्दछ।

कम्पनीले यो बाइकलाई केही नयाँ फिचरसहित अपग्रेड गरेको छ। यसमा टर्न–बाई–टर्न नेभिगेसन र म्युजिक कन्ट्रोल फङ्सन पनि प्रदान गरिएको छ। जसलाई प्ले स्टोर (एन्ड्रोइड) वा एप स्टोर (आईओएस) मा उपलब्ध वाई–कनेक्ट एप्लिकेसनमार्फत पहुँच गर्न सकिन्छ।

बाइकसँग जडान गर्न र सिंक गर्न, राइडरले आफ्नो स्मार्टफोनमा एप डाउनलोड र स्थापना गर्न आवश्यक छ। यतिमात्र होइन यसमा एड्भान्स स्विचगियर र नयाँ एलईडी लाइसेन्स प्लेट लाइट पनि छ।

यो मोटरसाइकलको इन्जिन मेकानिजममा कुनै परिवर्तन गरिएको छैन। पहिले जस्तै यो बाइकमा १५५ सीसी फ्युल इन्जेक्टेड इन्जिन रहेको छ। यो इन्जिनले १३.५ किलोवाटको पावर र १४.२ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ६ स्पिड ट्रान्समिसन गियरबक्ससँग जोडिएको छ।

यस बाइकमा डेडिकेटेड ट्रयाक्सन कन्ट्रोल सिस्टम दिइएको छ। यस प्रणालीले ह्विल स्पिनको सम्भावना कम गर्ने कम्पनीको भनाइ छ। स्पिड सिफ्टरले म्यानुअल क्लच सञ्चालन वा अपसिफ्टिङको समयमा थ्रोटलमा रोल ब्याक नगरिकन सहज गियर सिफ्टिङको सुविधा दिन्छ। यसबाहेक असिस्ट र स्लिपर क्लचले लिभर तान्न कम गर्न मद्दत गर्दछ। त्यस्तै यसमा पूर्ण रुपमा डिजिटल कलर टीएफटी स्क्रिन र ब्लुटुथ कनेक्टिभिटीलगायत धेरै उत्कृष्ट फिचर छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS