काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। गत भदौ २८ गते बसेको ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
1726203378900