IME Life
GBIME

ओरियन्टल होटल्सको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ओरियन्टल होटल्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

होटल्स सञ्चालक समितिले उक्त आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ४ हजार ५२१.९० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने २९ लाख ६८ हजार ६५९.०५ रुपैयाँ नगद लाभांश रहेका छन्।

Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न होटलले आफ्नो २७ औँ वार्षिक साधारणसभा असोज २० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ होटलले असोज ७ गतेदेखि असोज २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS