GBIME
IME Life

सूर्यज्योति लाइफको ८ लाख बढी कित्ता शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखेको छ। एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको ८ लाख १ हजार ४७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

हाललाई सूर्यज्योति लाइफका संस्थापक शेयरधनीहरुले मात्र बिक्रीमा राखिएको शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

SKYWELL
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ। यसको अर्थ शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको थापाथलीस्थित कम्पनीको शेयर रजिस्ट्रा एनआईसी एसिया क्यापिटलमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS