IME Life
GBIME

प्रभु महालक्ष्मी लाइफको क्लब अचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०र८१ भव्यताका साथ सम्पन्न गरेको हो ।

कार्यक्रम भदौ २५ गतेबाट भदौ २७ गतेसम्म ३ दिन चितवनमा सञ्चालन भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।

Crest

त्यस्तै, कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले सहभागीहरुमा स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी प्रेसिडेन्ट क्लव, सीईओ क्लव, म्यानेजर क्लव हासिल गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुलाई सम्मान गर्दै हौसला प्रदान गरेका थिए । साथै अभिकर्ता पेसालाई मर्यादित र प्रेरणादायी पेसा बनाएकोमा सबै सम्मानीहरुलाई धन्यवाद व्यक्त गरे ।

अभिकर्ता पेसाले आम्दानीको साथ साथै मान, सम्मान र अन्तर्राष्ट्रिय फोरममा समेत पहिचान बनाउन सकिने भएकाले यो पेसा उत्कृष्ट पेसा रहेको सीइओ प्रसाईले बताए ।

कार्यक्रममा इन्स्योरेन्स सेल्स मोटिभेसनल कोच विजय कुमार झाको उत्प्रेरणात्मक सेसन रहेको थियो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS