IME Life
GBIME

७८ अंकले बढेको बजारमा ८ अर्ब १६ करोडको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेर २,६८८ को विन्दुमा कायम भएको छ । आज २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको२४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २४ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर, स्र्टन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरे थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS