GBIME
IME Life

पोलिसी सरेन्डरः साउनमा जीवन बीमा क्षेत्रबाट बाहिरियो साढे १ अर्ब बढी, कुन बीमकको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं । आर्थिक वर्ष २०८१// ८२ को साउन महिनामा जीवन बीमा कम्पनीहरुको १० हजार बढी बीमालेख सरेन्डर (त्याग) भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार साउन महिनामा १० हजार २९२ वटा बीमालेख समर्पणवापत कुल १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको छ ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये साउन महिनामा एलआइसी नेपालको सरेन्डर  सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको २७ सय १५ वटा पोलिसी बराबर ५१ करोड ३४ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३३ दशमलव ३२ प्रतिशत हिस्सा हो ।

SKYWELL
Crest

त्यस्तै, नेपाल लाइफको २ हजार ७३१ वटा बीमा पोलिसी वापत ४८ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३१ दशमलव ४१ प्रतिशत हिस्सा रहेको छ ।

एशियन लाइफको ९७९ वटा बीमा पोलिसी वापत १३ करोड ५५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ७६७ वटा बीमा पोलिसी वापत ७ करोड ८७ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव ५१ प्रतिशत हिस्सा हो । हिमालयन लाइफको ८४७ वटा बीमा पोलिसी वापत ७ करोड ७ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । नेशनल लाइफको ३५४ वटा पोलिसी वापत ६ करोड ३८ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ४ दशमलव १४ प्रतिशत हिस्सा हो ।

सूर्यज्योति लाइफको ५५२ सय वटा पोलिसी वापत ५ करोड ८५ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३ दशमलव ८० प्रतिशत हिस्सा छ ।

त्यसैगरी मेट लाइफको ४१९ वटा बीमा पोलिसी वापत ४ करोड ४९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको १७८ वटा पोलिसी वापत २ करोड ६६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । आइएमई लाइफको २०१ वटा बीमा पोलिसी वापत २ करोड रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

सिटिजन लाइफको १९० वटा बीमा पोलिसी वापत १ करोड ५९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको २०४ वटा बीमा पोलिसी वापत १ करोड २१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ८६ वटा बीमा पोलिसी वापत १ करोड ५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । सन नेपाल लाइफको ६९ वटा बीमा पोलिसी वापत ५७ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS