काठमाडौं । नेपाली बजारमा सुनको भाउले आज फेरि नयाँ उचाइ चुमेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। आज तोलामै १ हजार रुपैयाँले बढेको छ।
यसअघि गत भदौ २१ गते सुनको भाउ उच्च स्तरमा पुगेको छ। त्यस दिन प्रतितोला छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। हिजो तोलामा २०० रुपैयाँले बढेको थियो।
आज तोला १५ रुपैयाँले बढेर चाँदीको भाउ १ हजार ७८० रुपैयाँ कायम भएको छ। हिजो तोलाको १ हजार १ हजार ७६५ रुपैयाँमा किनबेच भएको थियो।