IME Life
GBIME

बैंकहरुमा डेढ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

Crest

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब २० करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले भदौ २६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS