IME Life
GBIME

टिभिएस नेपालद्वारा “नयाँ युगको आरम्भ’’ अफर सार्वजनिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भदौबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।

Crest

’’नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत टिभिएसको वेवसाइटमा गएर दसैँ अफमा गएर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको कम्पनिले जनाएको छ । हरेक सप्ताह १०० प्रतिशत क्याश ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जएको छ ।

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टिभिएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ । थप रूपमा, टिभिएसले ’’मेरो साथी’’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो जसका नेपालभर १ सय ४० भन्दा बढी डिलरहरु छन ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS