GBIME
IME Life

कोरोना बीमाः बीमक संघले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गर्यो मुद्दा, भोलि पेसी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध आज आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

बीमकहरुले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ । उक्त रकम सरकारले व्यहोर्नुपर्नेमा हालसम्म नदिएको भन्दै बीमकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको हो। संघका तर्फबाट महासचिव अशोकुमार खड्काले परमादेशसहितको रिट निवेदन दर्ता गरेका हुन्।

SKYWELL
Crest

सर्वोच्च अदालतले यो मुद्दा पेसी भोलि भदौ २४ गते बिहान १० बजे तोकेको छ। भोलि अदालतमा उपस्थित हुन भनिएको छ।

त्यतिबेला निर्जीवन बीमकमा कम्पनीहरुले सरकारकै प्रतिबद्धतामा कोरोना बीमा गरेका थिए। कम्पनीहरुसँग साढे ३ अर्ब रुपैयाँभन्दा बढी दायित्व सिर्जना भएमा सरकारले व्यहोर्ने प्रतिबद्धता गरेको थियो। तर, अहिलेसम्म सरकारको व्यहोर्नुपर्ने कोरोना बीमाको दायित्व नपाएपछि बीमा कम्पनीहरु सर्वोच्च अदालत गएका हुन्। पायोनियर ल फर्मको कानुनी सहायतामा बीमक संघले सर्वोच्चमा रिट दाय गरेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS