काठमाडौं । टाईम फर्मास्युटिकल्सले आगामी असोज १२ गते वार्षिक साधारणसभा गर्ने भएकोछ । सभा बिहान १० बजे सोल्टी वेस्टेन्ड रिसोर्ट पटिहानी, चितवनमा शुरु हुने जनाइएको छ ।
सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित आर्थिक वर्ष २०८०/ ८१ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन,वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गर्ने छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण तथा सञ्चालक समिति पुनर्गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, आइपीओ निष्काशनका लागि धितोत्रप बिक्री प्रबन्धक चयन तथा कम्नपीको प्रबन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।