IME Life
GBIME

मंगलबारसम्म कायम इकाईधनीले सानिमा म्युचुअल फन्डका ३ योजनाको प्रस्तावित प्रतिफल पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाले प्रतिफल वितरणार्थका लागि यही भदौ २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेका छन् । यसको अर्थ भदौ २५ गतेसम्म कायम इकाइधनीले यी योजनाको घोषित प्रतिफल पाउनेछन्।

क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको प्रतिफल घोषणा गरेको थियो। जसअनुसार इकाइधनीहरुलाई करसहित इक्विटी फन्डमा १५ प्रतिशत, लार्ज क्याप फन्डमा १० प्रतिशत र ग्रोथ फन्डमा १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने क्यापिटलले निर्णय गरेको छ।

Crest

घोषित प्रतिफलअनुसार इकाइधनीहरुलाई इक्विटीमा १९ करोड ५० लाख रुपैयाँ, लार्ज क्याप फन्डमा १२ करोड रुपैयाँ र ग्रोथ फन्डमा ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ। यी ३ वटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS