GBIME
IME Life

जीवन बीमकको साढे ४२% व्यापार बागमतीमा, अन्य प्रदेशमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा जीवन बीमकले साढे १८ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले साउनमा १८ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेशमा देखिएको छ। कुल व्यापारको ४२.६० प्रतिशत हिस्सा बागमतीमा देखिएको छ। बागमतीबाट कम्पनीहरुले ७ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

SKYWELL
Crest

जीवन बीमाको दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश रहेको छ। लुम्बिनीबाट कम्पनीहरुले २ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल व्यवसायको १५.२२ प्रतिशत हिस्सा हो।

तेस्रोमा कोशी प्रदेश रहेको छ। कोशीबाट बीमा कम्पनीहरुले २ अर्ब ४९ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यवसायमा कोशी प्रदेशको हिस्सा १३.४१ प्रतिशत रहेको छ।

यसैगरी बीमकहरुले गण्डकी प्रदेशबाट २ अर्ब १ करोड ७६ लाख रुपैयाँ (१०.८६ प्रतिशत), मधेश प्रदेशबाट १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ (९.०४ प्रतिशत), सुदूरपश्चिमबाट १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ (५.९ प्रतिशत) र कर्णालीबाट ५५ करोड २८ लाख रुपैयाँ (२.९८ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS