IME Life
GBIME

आगामी ४ वर्षमा हाइब्रिड र ईभी बीमा बजार १७%ले बढ्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल हाइब्रिड र इलेक्ट्रिक सवारीसाधन (ईभी) बीमा बजार आगामी ४ वर्षमा १७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। एचटीएफ मार्केट इन्टेलिजेन्सले सन् २०२४ देखि २०२८ सम्म हाइब्रिड र ईभी बीमा बजारमा १६.८८ प्रतिशतको मिश्रित वार्षिक वृद्धिदर देखिने प्रक्षेपण गरेको हो।

विश्वमा विद्युतीय र हाइब्रिड सवारीसाधनको बढ्दो प्रयोगले यी सवारीसाधनहरुको नवीनतम विशेषताहरुलाई सम्बोधन गर्न डिजाइन गरिएका विशेष बीमा उत्पादनहरुको मागलाई बढावा दिइरहेको छ।

Crest

वातावरणमैत्री ढुवानीमा बढ्दो उपभोक्ता चासोले ईभी र हाइब्रिड सवारीसाधनको उच्च बिक्रीमा योगदान पुर्याइरहेको छ। जसले अनुकूल बीमा समाधानहरुको आवश्यकतालाई थप विस्तार गरिरहेको एचटीएफको प्रतिवेदनमा उल्लेख छ।

अधिक देशहरुले ईभी र हाइब्रिड सवारीसाध अँगालेकाले बीमा कम्पनीहरुसँग बजार विस्तार गर्ने अवसरहरु छन्। यद्यपि, ब्याट्री र इलेक्ट्रिक ड्राइभट्रेनजस्ता कम्पोनेन्टहरु मर्मत वा प्रतिस्थापनको उच्च लागतबाट चुनौतीहरु उत्पन्न हुन्छन्। जसले दाबी लागत बढाउँछ।

हाइब्रिड र ईभी बीमाका लागि उच्च प्रारम्भिक प्रिमियम, महँगा पार्टपुर्जा र मर्मत खर्च केही ग्राहकलाई विशेष बीमा पोलिसी छनौट गर्न समस्या पर्न सक्ने एचटीएफको अनुमान छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS