काठमाडौं । पशुपती रिन्यूएबल्सले आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष डा.सन्दिप शाह तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतदीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाउने कम्पनीका अध्यक्ष शाहले बताए ।
वैकल्पिक ऊर्जामा लगानी गर्न स्थापना भएको उक्त कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना पहिलो र १५ मेगावाटको धरमनगर सोलार फार्म दोस्रो आयोजना यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।