IME Life
GBIME

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा १३८ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से १२ दशमलव १० अंकले घटेर २,७२७ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नेपाल फाइनान्सको ४० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ८ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ९१ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS