काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको ३२ लाख १६ हजार कित्ता शेयरको लकइन अवधि आउँदो असोज २१ गतेबाट सकिने भएको छ।
कम्पनीको संस्थापक, स्थानीय र कर्मचारीको शेयरको लइकन सकिने भएको हो। कम्पनीमा संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ता शेयर रहेको छ।
कम्पनीले आइपीओ निष्कासन गरेर २०७८ असोज २२ गते बाँडफाँट गरेको थियो। बाँडफाँटको ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।