काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । यस अघि बैंकले साउन ३ गतेबाट संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि शेयर खरिदका लागि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन् । अब यस शेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र बैंकको शेयर शाखा काठमाडौंको लाजिम्पाटमा निवेदन दिनु पर्नेछ ।