GBIME
IME Life

सामूहिक दुर्घटना बीमामा बीमाङ्कभन्दा पनि बढी रकम क्षतिपूर्ती दिने व्यवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सामूहिक दुर्घटना बीमालेखमा बीमकले बीमाङ्क रकमभन्दा पनि बढी भुक्तानी दिन सक्ने गरी बाटो खुला गरिदिएको छ। प्राधिकरणले दुर्घटना बीमा निर्देशिका २०७८ मा संशोधन गर्दै बीमकले बीमाङ्क रकमभन्दा बढी हुने गरी दाबी भुक्तानी दिनु हुँदैन भन्ने प्रावधान हटाएको हो।

दुर्घटनामा परेर घाइते भएको बीमितको उपचारका क्रममा निधन भएको अवस्थामा बीमाङ्कको सीमाभन्दा बढी उपचार खर्च र मृत्यु दाबीवापतको रकम भुक्तानी दिन नमिल्दा पीडित पक्षलाई असुविधा भएको थियो। पीडित पक्ष र बीमकको समेत गुनासोपछि प्राधिकरणले निर्देशकाको अनुसूची २ को दफा २० मा रहेको बीमकले बीमाङ्क रकमभन्दा बढी हुने गरी दाबी भुक्तानि दिनु हुँदैन भन्ने प्रावधान हटाएको हो।

SKYWELL
Crest

यसैगरी सामूहिक दुर्घटना बीमा निर्देशिका अन्तर्गतको दाबी रकम बीमकले बीमित वा बीमालेख धारक बाहेक अन्य पक्षलाई दाबी वापतको रकम भुक्तानी गर्न आँटेमा वा भुक्तानी गरेमा बीमितले उजुरी गर्न सक्ने प्रावधान पनि हटाइएको छ। दुर्घटना बीमामा अस्पताल, स्वास्थ्यकर्मी,औषधी आपूर्तीकर्ता वा पीडितको परिवारजन वा अन्य कुनै तेश्रो पक्षलाई दाबी भुक्तानी दिन अनुसूची २ को साबिक दफा २६ को प्रावधानले बन्देज लगाएको थियो ।

निर्देशिकाको दफा १६ (३)मा सामूहिक दुर्घटना बीमादरमा संशोधन गर्दै सामूहिक दुर्घटना बीमा अन्तर्गत जारी गरिने बीमालेख बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्ष बिक्री गिरएको अवस्थामा हुलदङ्गा तथा आतङ्कवाद जोखिमको बीमाशुल्कबाहेक अन्य बीमाशुल्कमा बढीमा अभिकर्ता कमिशन बराबरको रकम वा पाँच प्रतिशत रकम छुट प्रदान गर्ने प्रावधान थपिएको छ।

अनुसूची २ को दफा ९ मा औषधी उपचार दुर्घटनाको कारणबाट बीमितको औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्क रकम १ लाख रूपैयाँ वा बिल भरपाइमध्ये जुन कम हुन्छ सो अनुसार सोधभर्ना गर्नुपर्ने प्रावधान समावेश गरिएको छ। यसअघि बील भरपाइको आधारमा एक लाख रूपैयाँसम्म भुक्तानी गर्नुपर्ने प्रावधान थियो ।

साथै औषधी उपचार वापत दिइएको सोधभर्ना रकम बीमाङ्क रकममा थप हुने व्यवस्था पनि गरिएको छ । निर्देशिकाको अनुसूची २ को दफा ५,६,७ र ८ बमोजिम उपचार गराउँदा गराउँदैको अवस्थामा बीमितको मृत्यु भएमा समेत सो बराबरको रकम सक्कल  बिल भरपाइ बमोजिम बीमकले सोधभर्ना गर्नुपर्ने प्रावधान थपिएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS