काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर २,८३० आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने आज १३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सात कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त वित्तीय संस्था, विन्ध्यावासिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।