GBIME
IME Life

सानिमा म्युचुअल फन्डका यी ३ योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको प्रतिफल वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको २०८०।८१ का लागि घोषित प्रतिफल वितरण गर्न यही भदौ २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ २५ गतेसम्म कायम इकाइधनीले यी योजनाको घोषित प्रतिफल पाउनेछन्।

SKYWELL
Crest

सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको प्रतिफल घोषणा गरेको थियोे। जसअनुसार इकाइधनीहरुलाई करसहित इक्विटी फन्डमा १५ प्रतिशत, लार्ज क्याप फन्डमा १० प्रतिशत र ग्रोथ फन्डमा १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने क्यापिटलले निर्णय गरेको छ।

घोषित प्रतिफलअनुसार इकाइधनीहरुलाई इक्विटीमा १९ करोड ५० लाख रुपैयाँ, लार्ज क्याप फन्डमा १२ करोड रुपैयाँ र ग्रोथ फन्डमा ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ। यी ३ वटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS