IME Life

कति खतरनाक छ एआई ? एक पूर्वकर्मचारीले गरे यस्ता खुलासा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यदि हामी शीर्ष एआई कम्पनीहरुको कुरा गर्छौं भने ओपनएआईको नाम पक्कै आउँछ। यो कम्पनी आफैँले च्याटजीपीटी विकास गरेको छ। जुन एक धेरै लोकप्रिय एड्भान्स अर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिस्टम हो।

ओपनएआईका एक पूर्वकर्मचारीले खुलापत्र लेखेका छन्। जसमा जेनेरेटिभ एआईको खतराबारे खुलासा गरिएको छ।
ती पूर्वकर्मचारीले एआईका फाइदाहरुका साथै गम्भीर खतराहरु पनि गणना गरेका छन्। पहिले फाइदा बारे कुरा गरौँ। एआईको सहयोगमा धेरै ठूलो फाइदा देख्न सकिन्छ, जसले चिकित्सा क्षेत्रमा अभूतपूर्व फाइदाहरु प्रदान गर्नेछ। यसका साथै प्रविधिलाई स्मार्ट बनाउन पनि फाइदाजनक हुनेछ।

SKYWELL
Crest

अब केही गम्भीर खतराका बारेमा कुरा गरौँ। ती पूर्वकर्मचारीले आगामी दिनमा एआईको विस्तार हुनेमा धेरै कर्मचारी चिन्तित रहेको बताएका छन् । यसले सामाजिक असमानता बढाउँछ र नक्कली समाचारलाई बढावा दिन सक्छ। साथै, यदि हामीले एआईमा नियन्त्रण छोड्यौँ भने यो धेरै खतरनाक साबित हुन सक्छ। यो मानिसका लागि ठूलो खतरा पनि हुन सक्छ।

पत्रमा लेखिएको छ, ‘एआई कम्पनीहरु, विशेषज्ञहरु र विश्वभरका सरकारहरु यस खतराबाट सचेत छन्।’

पत्रमा ठूलो समस्याका बारेमा पनि उजागर गरिएको छ। जसमा सरकारहरुसँग एआई अनुगमन गर्ने कुनै प्रणाली नभएको दाबी गरिएको छ।

ती पूर्वकर्मचारीको खुलापत्रमा भनिएको छ, ‘एआई कम्पनीहरुले सरकार र वैज्ञानिकहरुसँग मिलेर काम गर्नुपर्छ। ता कि यसलाई सुरक्षित रुपमा विकास गर्न सकियोस्। यस्तो अवस्थामा एआईले सिर्जना गरेको खतरालाई कम गर्न सकिन्छ।’

च्याटजीपीटी, जेमिनीलगायत धेरै जेनेरेटिभ एआई छन्। जसले प्रयोगकर्तालाई उनीहरुको काममा मद्दत गरिरहेका छन्। तर, उनीहरुले मानवीय जागिरहरु यति छिटो सिकिरहेका छन् कि धेरै विज्ञले चिन्ता व्यक्त गरेका छन्। तिनीहरु आगामी दिनमा मानव रोजगारीका लागि ठूलो खतरा बन्न सक्ने उनीहरुको भनाइ छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS