IME Life

पठाओ पार्सल डेलिभरी महोत्सवः नेपालभर १ रुपैयाँमै समान डेलिभरी हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालभर डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । ग्राहक तथा व्यवसायीहरुले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आगामी भदौ १६ गतेदेखि असोज १४ गतेसम्म यो सेवा पाउने भएका हुन् ।

काठमाडौं उपत्यकाका साना तथा ठूला सबै व्यवसायलाई नेपालभर पुर्‍याउने उद्देश्यले एक महिने पठाओ पार्सल डेलिभरी महोत्सवु शुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।

SKYWELL
Crest

पठाओले हाल नेपालका ३०० भन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिंदै आएको छ । पठाओ पार्सलबाट उपत्यकामा २४ घण्टा भित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा तीन दिन भित्र समान डेलिभरी भइसक्ने पठाओले बताएको छ ।

२०२३ डिसेम्बरदेखि सेवा शुरु गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै १ हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढी डेलिभरी गर्ने गरेको उनले बताइन् ।

पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा आईओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरि सेवा लिन सक्नेछन् ।

पठाओ पार्सलमा आबद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्याशबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS