IME Life

जन्म दिनको अवसरमा जेइसालाई ५ लाखको बाल अमृत बीमा पोलीसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा भित्रिएको छ ।

यसैबीच दोलखाको मेलुङ्ग गाउँपालिका १ हाल काठमाडौं बस्ने तारा उप्रेती आफ्नो एक बर्षीय छोरी जेइसा घिमिरेलाई पाँच लाखको बीमा पोलीसी उपहार दिएकी छिन् । उनले नेशनल लाइफ इन्स्योेरेन्स कम्पनीको बाल अमृत शिक्षा बीमा योजना आफ्नो छारीलाई उहार स्वरुप हस्तान्तरण गरेकी हुन् ।

SKYWELL
Crest

छोरीको जन्म दिनको अवसरमा बमिा पोलिसी उपहार दिन पाउदाँ धेरै खुशी भएको ताराले बताइन् । जेइसाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोग पुग्ने नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाका प्रबन्धक राजु शाहले जनाए ।

बीमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा ठुलो योगदान पु–याउनुको साथै जोखिम बहन समेत हुने बिमा एड्भाइजर सन्तोषी उप्रेतीले बताइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS