काठमाडौं । सुनको भाउ लगातार तेस्रो दिन सोमबार पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदी भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।