GBIME
IME Life

जीवन बीमालेख धितोमा कर्जा लिनु कतिको बुद्धिमानी हुन्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तपाइँलाई जीवन बीमालेख बेच्ने प्रयास गर्दा बीमा अभिकर्ताले यसलाई तपाइँले शिक्षा, सेवा निवृत्ति बचत वा अप्रत्याशित आपतकालका लागि उपयोग गर्न सक्ने वित्तीय औजारका रुपमा व्याख्या गर्न सक्छन्।

तपाइँको बीमालेखलाई वित्तीय औजारका रुपमा व्याख्या गर्दा अभिकर्ताले यसको एउटा उपयोगिता चाहिँ बीमालेखको धितोमा कर्जाको उपभोग पनि हो भन्ने जानकारी गराउँछन्। सावधिक प्रकृतिका जीवन बीमालेखको धितोमा सहजै कर्जा सुविधा उपलब्ध हुन्छ। बीमालेखको चुक्ता मूल्यका आधारमा बीमितले प्राप्त गर्ने कर्जा रकमको सीमा निर्धारण हुन्छ।

SKYWELL
Crest

जीवन बीमालेख निर्देशिका २०७९ को दफा १० मा बीमकले बीमालेखअन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख धितोमा कर्जा सुविधा उपभोग गर्न सकिन्छ। एकल बीमाशुल्क भुक्तानी गरी खरिद गरिने बीमालेखमा पनि बीमितले ३ वर्ष अवधि पूरा भएपछि मात्र यस्तो कर्जा उपभोग गर्न सक्छन्।

बीमालेख धितोमा कर्जाको उपभोग गर्नुको फाइदा र बेफाइदा दुवै हुन्छ। फाइदा बेफाइदाबारे सूचित भएर तपाइँले पनि बीमालेखको धितोमा कर्जा सुविधा उपभोग गर्ने वा नगर्ने बारे विवेकपूर्ण निर्णय लिन सक्नुहुन्छ।

बीमालेख धितोमा कर्जा उपभोगका फाइदाहरु

१. सहज पहुँच

जीवन बीमालेखको धितोमा कर्जा सुविधाको उपभोग गर्न एकदमै सहज छ। समर्पण मूल्य प्राप्त गर्न योग्य भएको बीमालेखको धितोमा बीमितले तत्कालै बढीमा १५ मिनेटमा कर्जा रकम प्राप्त गर्न सक्छन्। बीमितले जीवन बीमकको कार्यालयमा सक्कली बीमालेखसहित कर्जाका लागि निवेदन दर्ता गरिसकेर घर नफर्किंदै कर्जा रकम बैंक खातामा रकमान्तर भई एसएमएस सन्देश प्राप्त गर्छन्।

२. स्थिर ब्याजदर

बीमालेख धितो कर्जाको ब्याज दर बीमालेख अवधिभर स्थिर हुन्छ। अर्थात् एकपटक कर्जा रकम झिकेर भुक्तानी नगर्दासम्म कर्जाको ब्याजदर घटबढ हुँदैन। यसको प्रचलित ब्याजदर १० देखि ११ प्रतिशत रहेको छ।

३. अर्धवार्षिक ब्याज

बीमालेख धितो कर्जाको ब्याज रकम बीमितले ६–६ महिनामा भुक्तानी गर्नुपर्छ। बैंकको कर्जाको ब्याज र साँवा मासिक रुपमा भुक्तानी गर्नुपर्छ।

४. स्वेच्छिक किस्ता

बीमालेख धितो कर्जाको साँवा रकम बीमितले मासिक किस्तामा भुक्तानी गर्नुपर्दैन। यसको भुक्तानी गर्नुपर्ने रकमको न्यूनतम र अधिकतम रकमको सीमा हुँदैन। बीमितलाई जति रकम साँवा भुक्तानी गर्न मन लाग्छ, त्यति रकम भुक्तानी गर्नुपर्छ। तर, साँवा रकम भुक्तानी गर्दा साँवा रकम तिर्ने दिनसम्मको ब्याज चाहिँ चुक्ता गरेको हुनुपर्छ।

५. बीमा दाबी भुक्तानीको समयमा राफसाफको सुविधा

बीमितले नियमित रुपमा ब्याजबापतको रकम भुक्तानी गरेर साँवबापतको रकम बीमालेख परिपक्व भएपछि मात्र पनि भुक्तानी गर्ने सुविधासमेत हुन्छ।

लेख धितोमा कर्जाको उपभोग गर्नुको फाइदा र बेफाइदा दुवै हुन्छ।

बीमालेख धितोमा कर्जा उपभोगका बेफाइदाहरु

१. प्रतीक्षा अवधि

बीमालेख धितो कर्जाको सुविधा उपभोग गर्नका लागि बीमितले कम्तीमा ३ वर्ष कुर्नुपर्छ। ३ वर्ष कुर्नेमात्र नभएर लगातार ३ वर्षको बीमाशुल्क किस्तासमेत भुक्तानी गर्नुपर्छ।

२. अस्पष्ट समर्पण मूल्य

बीमालेखको धितोमा कति रकम कर्जा पाइन्छ भन्ने गणना बीमित आफैँले गर्न सक्दैनन्। बीमालेखको यो समर्पण मूल्यको गणना प्राविधिक र गणितीय विषय हो, सर्वसाधारणले यसलाई सामान्य हिसाब–किताबबाट बुझ्न असहज हुन्छ। समर्पण मूल्यकै आधारमा बीमितले कर्जा सुविधा उपभोग गर्न सक्छन्। समर्पण मूल्यको अधिकतम ९० प्रतिशतसम्म जीवन बीमकले कर्जा रकम उपलब्ध गराउँछन्।

३. बीमालेख जफतको जोखिम

कर्जा जारी गरिएको बीमालेख जफत हुने सम्भावना अधिक हुन्छ। किनकि बैंकले जस्तो यसको साँवा र ब्याज चुक्ता गर्नका लागि बीमकले बीमितलाई नियमित रुपमा ताकेता गर्दैनन्। कर्जाको साँवा, ब्याज र हर्जाना रकम बीमालेखको समर्पण मूल्यबराबर भएलगत्तै बीमालेख जफत गरेर बीमकले बीमितलाई बीमालेखको बाँकी लाभबाट वञ्चित गरिदिन्छ।

४. बीमालेखको लाभबाट विमुख

बीमालेख जफत हुँदा यसको लाभबाट वञ्चित हुनुपर्छ। बीमालेख नियमित नै भए पनि साँवा र कर्जा रकम चुक्ता नगर्दा परिपक्व दाबीबापत एकदमै थोरै रकम हात पर्छ। कर्जा चुक्ता नहुँदै बीमितको निधन भएको अवस्थामा आश्रितहरुले थोरै रकममात्र प्राप्त गर्नेछन्।

बीमालेख जफत न्यूनीकरण गर्ने उपाय

नियमित सूचना प्रवाह र ताकेता

कर्जा उपभोग गरेकै कारण बीमालेख जफत हुने अवस्था आउन नदिन बीमितले नियमितरुपमा कर्जाको ब्याज चुक्ता गर्नुपर्छ। बीमकले पनि नियमित रुपमा बीमितलाई ब्याज र साँवा रकम चुक्ता गर्नका लागि सन्देश प्रवाह गर्ने र ताकेता गर्ने काम गर्नुपर्छ।

अनलाइन भुक्तानीमा लचकता

डिजिटल वालेटबाट बीमालेख कर्जा चुक्ता गर्दा न्यूनत्तम ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने बाध्यकारी अवस्था छ। यस्तो अव्यवहारिक प्रावधानका कारण सीमित आम्दानी र बचत हुने बीमितले स सानो रकमबाटै कर्जा चुक्ता गर्न ठूलो अवरोध खडा गरेको छ। कर्जा व्यवस्थापनका लागि बीमकको सञ्चालन खर्च खासै नलाग्ने र मुद्दति निक्षेपभन्दा बढी ब्याज आम्दानी हुने भएकाले न्यूनतम ५ हजार रुपैयाँको सीमा जीवन बीमकले हटाउनुपर्छ। न्यूनतम रकमको सीमा बीमकको चाहनाभन्दा पनि डिजिटल वालेट सञ्चालकको स्वेच्छाबाट निर्धारण गरिएको छ। जसको प्रत्यक्ष नकारात्मक प्रभाव बीमित र स्वयं बीमकलाई समेत परेको छ।

पर्याप्त जानकारी

बीमालेख धितोमा कर्जा उपलब्ध गराउँदा बीमक वा अभिकर्ताले बीमितलाई कर्जाको साँवा भुक्तानी र ब्याज रकम भुक्तानीको प्रावधानबारे स्पष्ट जानकारी दिँदैनन् भन्ने गुनासो व्यापक छ। कर्जा प्रवाह गर्ने समयमै ब्याज गणना, ब्याज भुक्तानी अवधि, कर्जाको साँवा चुक्ता गर्ने तरिका र माध्यमबारेमा बीमितलाई पर्याप्त जानकारी गराएको अवस्थामा बीमितले नियमित ब्याज चुक्ता गर्ने सम्भावना बढी हुन्छ। बीमालेख जफत गरिएका अधिकांश बीमितसँग पंक्तिकारले कुराकानी गर्दा आफूहरुलाई ब्याज रकम ६–६ महिनामा भुक्तानी गर्नुपर्छ भन्ने जानकारी नै नभएको बताए। उनीहरुले ब्याजमा हर्जाना ब्याज पनि जोडिने र साँवामा ब्याज समेत खप्टिएर समर्पण मूल्यबराबर भए बीमालेख जफत हुने विषय पनि विल्कुलै जानकारी नगराइएको गुनासो गरेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS