GBIME
IME Life

कति प्रतिशत दाबी भुक्तानी फर्छ्याैट भयो भन्नेमा बीमकले प्रतिस्पर्धा गर्ने समय भएको हो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको बीमा बजारमा अझै पनि कुनै बीमकले औसत कति दिनभित्र दाबी फर्छ्याैट गर्छन् भन्ने विषय अझै सम्म पनि सार्वजनिक चासोको विषय बन्न सकेको छैन। आफ्नो अधिकारबारे एकदमै थोरै सचेत वा बिल्कुलै अनभिज्ञ रहेका बीमितले ढिलो चाँडो दाबी वापतको रकम प्राप्त गर्नु नै ठूलो उपलब्धी ठान्छन्।

बीमकले ढिलो गरी दाबी भुक्तानी गर्‍यो भने मनमनै बीमकप्रति आक्रोश पोख्ने वा आफ्नो साथीभाइ माझ बीमकको आलोचना गर्नेमा मात्र सीमित हुन्छ, बीमितको प्रतिकृया।

SKYWELL
Crest

बीमितले चासो नराखे पनि आफूलाई अब्बल बीमकका रूपमा दाबी गर्ने जीवन बीमकले समेत दाबी भुक्तानीको अवधि किटान गरेर घोषणा गर्न सकेका छैनन् ।  ठूला ठूला अक्षरमा दाबी परेको १५ दिनभित्रै ९९ प्रतिशत दाबी भुक्तानी गरिएको घोषणा गर्न सक्ने अवस्थामा छैनन् । दिनगन्तीका हिसाबले घोषणा गर्न कठिन भएको भए कुल दाबीमध्ये कति प्रतिशत दाबी पूर्णरूपमा फर्छ्याैट भएको छ भन्ने घोषणा समेत बीमकले गर्न सकेका छैनन् ।

नेपालको बीमा बजारमा अझै पनि बीमित वा दाबीकर्ता कमजोर छन्, किनकी अधिकांश बीमित आफ्नो अधिकारबारे सचेत छैनन् । सचेत हुने हो भने सबै कागज प्रमाण पेश गरिसक्दा पनि दाबी भुक्तानी समयमै नपाए बीमितले क्षतिपूर्तीको लागि आवाज उठाउने थिए । यसरी आवाज उठाउँदा चाँडो भन्दा चाँडो दाबी भुक्तानी गर्नुपर्छ भन्ने दबाब बीमकलाई समेत पर्ने थियो।

नियामक नेपाल बीमा प्राधिकरणले समेत कुन बीमकको औसत दाबी भुक्तानी अवधि कति छ भन्ने बारे कुनै पनि जानकारी प्रकाशन गरेको छैन । यो विषयमा वित्तीय विवरणहरूमा पनि स्पष्ट जानकारी प्रकाशन सम्बन्धमा कानूनी प्रावधान माैन छ।

छिमेकी मुलुक भारतमा बीमकहरूले दाबी भुक्तानी फर्छ्याैटको प्रतिशतलाई व्यापार प्रवर्द्धनको अस्त्रका रूपमा प्रयोग गर्न थालेको वर्षाै भई सकेको छ। नेपालमा १५ वर्ष, २० वा २५ वर्षको अवधिमा कुल कति रकम दाबी भुक्तानी दिएको छ भन्ने गर्वका साथ घोषणा गर्छन् तर मृत्यु,परिपक्व, दुर्घटना, जीवित लाभ वापतको दाबी रकम अाैसत कति दिनमा भुक्तानी गरिएको छ भन्ने जानकारी लुकाउँछन् ।

प्राधिकरणले जारी गरेको दाबी भुक्तानी मार्ग दर्शन २०८१ को प्रावधान अनुसार जीवन बीमकले दाबी निवेदन परेको ३० दिनभित्र मृत्यु दाबी भुक्तानी गरिसक्नुपर्छ। बीमकले दाबी सम्बन्धित निवेदन दर्ता गर्ने समयमै दाबीका लागि आवश्यक कागजप्रमाण प्राप्त भए नभएको यकीन गरेर दर्ता गरेपछि दाबी भुक्तानीको उल्टो दिनगन्ती शुरू हुन्छ।

सामान्य र कालगतीका कारण बीमितको मृत्यु भएको छ भने दाबी भुक्तानीको प्रकृया पुरा गर्न बीमकलाई धेरै समय आवश्यक पर्दैन । नियामकले तोकेको समय सीमाभित्रै भुक्तानी गर्न संभव हुन्छ। अकालमै ज्यान गुमाएको, दुर्घटना मृत्यु, उपचार नै नभई घरमै निधन भएको, शंकास्पद मृत्यु भएको,आत्महत्याले बीमितको मृत्यु भएको अवस्थामा बीमकको दाबी विभागले विशेष चासोका साथ अनुसन्धान शुरू गर्छन् । शंकास्पद लाग्ने सबै पक्षको प्रमाणबारे श्रोतसँग नै सोधीखोजी गर्छन् ।

घरमै अकाल निधन भएको दाबी गरिएको छ भने छरछिमेकसँग निधनको कारणबारे सोधी खोजी गरिन्छ। अस्पताल पुर्‍याएर वा उपचारका क्रममा निधन भएको हो भने अस्पतालले जारी गरेको कागजप्रमाणको सत्यापन जाँच गर्ने काम हुन्छ।

उपचारको कागजमा बीमित बीमा गर्नु अघि नै कुनै गम्भीर रोगका कारण दीर्घरोगी छ भन्ने खुल्न आएमा बीमकले दाबी अस्वीकृत गरिदिन्छ। यस्तो अवस्थामा बीमितले कानूनी उपचार खोज्नुको विकल्प रहँदैन, अर्थात् सिधै नियामक नेपाल बीमा प्राधिकरण समक्ष निवेदन दिएर दाबी भुक्तानी दिलाउनका लागि अनुरोध गर्ने ।

निवेदन प्राप्त भएपछि आवश्यक भए अन्य तथ्य प्रमाण समेत जाँचबुझ गरेर कागज पत्र प्राप्त भएको मितिले जीवन बीमकले १५ दिनभित्र दायीत्व छानबिन गरी दाबी भुक्तानी लिनका लागि निवेदकको नाममा फर्छ्याैट पूर्जा जारी गर्नुपर्छ। दाबी फर्छ्याैट पूर्जामा निवेदकले प्राप्त भएको मितिले १५ दिनभित्र बीमकले बीमा दाबी भुक्तानी गर्नुपर्छ।

निवेदन बमोजिम दायीत्व छानबिन गर्दा बीमा भुक्तानी गर्नु नपर्ने भएमा कारण खुलाई त्यसको लिखित जानकारी निवेदकलाई दिनुपर्छ। निवेदकलाई जानकारी दिंदा चित्त नबुझेमा नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सकिनेछ ।

साना दाबी भुक्तानीका लागि जीवन वा निर्जीवन बीमकले १५ दिनभित्रै दाबी भुक्तानी फर्छ्याैट गरिसक्नुपर्ने प्रावधान छ। जीवन बीमकले दुई लाख रूपैयाँसम्मको र निर्जीवन बीमकले पचास हजार रूपैयाँसम्मको दाबीलाई सानो दाबीमा वर्गिकरण गरेर यथाशिघ्र फर्छ्याैट गर्नुपर्ने प्रावधान दाबी भुक्तानी मार्गदर्शनको दफा ८(३) मा छ।

निर्जीवन बीमा दाबीको हकमा निवेदन दर्ता भएपछि सर्भेयर नियुक्त गरेर १५ दिनभित्र सर्वेक्षण प्रतिवेदन प्राप्त गर्नुपर्ने प्रावधान छ। सर्भेयरबाट प्रतिवेदन प्राप्त भएको २१ दिनभित्र दाबी फर्छ्याैट गरिसक्नुपर्छ। यसरी निर्जीवन बीमाको हकमा सामान्य अवस्थामा बीमकले ३६ दिनभित्र दाबी फर्छ्याैट गर्नुपर्ने समय सीमा तोकिएको छ।

कसैले पनि बीमा गराउने भनेको अप्ठेरो परेका बेला क्षतिपूर्ती पाइयोस् भनेर नै हो । बीमकको विश्वसनीयता दाबी भुक्तानीमा निर्भर हुन्छ। बीमितले अपेक्षा गरेको समयभित्र पूर्व निर्धारित सम्झाैता अनुसारको दाबी भुक्तानी दिन्छ वा दिंदैन भन्नेमा बीमक प्रति बीमितको धारणा निर्माण हुन्छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS