IME Life
GBIME

५३ अंकले घटेको बजारमा कारोबार रकम साढे १० अर्ब

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशलमव ६३ अंकले घटेर २,६९५ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएउको छ । कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् । कुथली बुखरी हाइड्रोका लगानकिर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर र माइखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS