IME Life

रिलायबल नेपाल लाइफ वालिङ शाखाद्वारा डस्टविन हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, स्याङ्जास्थित वालिङ शाखाले छायाँक्षेत्र (छाङ्छाङ्दी मन्दिर) मा डस्टबिन वितरण गरेको छ । शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी सँस्थाको ७ औँ बार्षिकोत्सवको अवसरमा भिरकोट नगरपालिकास्थित छायाँक्षेत्र मन्दिरमा डस्टबिन वितरण गरेको हो ।

सो कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले सँस्थाको सहयोगले छायाँक्षेत्र मन्दिर परिसरमा सरसफाई र स्वच्छता कायम राख्न सहयोग पुग्नेबताए । मन्दिर व्यवस्थापन समिति र आम तीर्थालु भक्तजनहरुलाई पनि फोहर व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । यसरी सो मन्दिर व्यवस्थापनको सन्दर्भमा योगदान दिने रिलायबल नेपाल पहिलो बीमा कम्पनी भएको भन्दै उनले प्रशंसा समेत गरे ।

SKYWELL
Crest

मन्दिर व्यस्थापन समितिले महिला र बालबालिकाको सहजताका लागि मन्दिर परिसरमा स्तनपान कक्ष निर्माण गर्ने योजना बनाईरहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले सो कार्यका लागी सबै क्षेत्रबाट सहयोग मिल्ने अपेक्षा रहेको समेत बताए ।

यसैगरी शाखाले वालिङ नगरपालिका वडा नं. ९ स्थित सातधारामा समेत डस्टबिन वितरण गरेको छ । कर्पोरेट संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने सानो प्रयास अनुरुप कार्यक्रमको आयोजना गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, वालिङ शाखाका व्यवस्थापक नुन गुरुङले बताए । कार्यक्रममा बोल्दै उनले यी कार्यक्रमहरु संस्थाको व्यवसायिक प्रचार भन्दा पनि सामाजिक काम गर्ने अवसरको रुपमा आयोजना गरिएको समेत प्रस्टाए ।

शाखाले यसअघि विपन्न समुदायलाई राहत स्वरुप खाद्यान्न वितरण र जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्तिका साथै शैक्षिक सामाग्री र पोशाक वितरण समेत गरेको थियो । शनिबार आयोजित कार्यक्रम पनि सोही कार्यको निरन्तरता रहेको व्यवस्थापक गुरुङले जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS