IME Life

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले बीमांकीय मूल्यअनुसार आर्थिक वर्ष २०७९।८० का लागि बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले विभिन्न योजनामा सार्वजनिक गरेको बोनस दर निम्नानुसार छन्ः

SKYWELL
Crest

सावधिक जीवन बीमा योजना (रेगुलर)

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ३२ हजार २९२ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक जीवन बीमा योजना (एकल)

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका १ हजार ६२९ वटा बीमालेख बिक्री गरेको छ।

त्रिपल सावधिक बीमा

यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम््रमको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका १ हजार ३९ वटा बीमालेख बिक्री गरेको छ।

दम्पती सावधिक बीमा योजना

यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम््रमको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका २ हजार ५०३ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक तथा आजीवन

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ३ हजार ५०९ वटा बीमालेख बिक्री गरेको छ।

अग्रिम भुक्तानी योजना

यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम््रमको अवधिका लागि ३२ रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ४ हजार ५०४ वटा बीमालेख बिक्री गरेको छ।

वार्षिक अग्रिम भुक्तानी योजना

यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका १ हजार ९२० वटा बीमालेख बिक्री गरेको हो।

मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क)

नियमित शुल्कतर्फ यस योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्पm ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ। कम्पनीले यस योजनाका ८ हजार ८८९ बीमालेख बिक्री गरेको छ।

१५ वर्षे अग्रिम भुक्तानी योजना

यस योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको ६३९ वटा बीमालेख बिक्री भएको छ।

२० वर्षे अग्रिम भुक्तानी योजना

यस योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको २८९ वटा बीमालेख बिक्री भएको छ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना

यस योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको ३६० वटा बीमालेख बिक्री भएको छ।

सामूहिक सावधिक

यस योजनाको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको १ हजार ७०६ वटा बीमालेख बिक्री भएको छ।

सावधिक

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ३३ हजार ६५६ वटा बीमालेख बिक्री गरेको छ।

सीमित भुक्तानी सावधिक

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि बोनसदर तोकिएको छैन। १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ६ हजार २५४ वटा बीमालेख बिक्री गरेको हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS