IME Life
GBIME

शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न

SPIL
NIC ASIA new
NLIC
काठमाडौं । नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । उक्त सेमनार होटेल हिमालय, ललितपुरमा सम्पन्न भएको हो । नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको सहयोगमा आयोजित सेमिनार शिक्षा र रोजगारी बिचको सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली युवाहरुलाई रोजगारमूलक सिप प्रदान गरि रोजगारीका लागि योग्य बनाउने विषयमा केन्द्रित थियो ।
नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा र तालिम (टी–भेट) मा निजी क्षेत्रको संलग्नताका लागि विद्यमान चुनौतिहरुको सम्बोधन गर्ने, निजि क्षेत्रको सहभागिता अभिबृधदी गर्न नीतिगत सुझाव प्रदान गर्ने, र टी–भेटलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउने ल्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले  शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीतिहरु बनाइनुपर्ने बताइन् । २०४५ सालमा स्थापना भएको सीटीइभीटी २०८१ सालमा आइपुग्दा पनि २०४५ सालकै नीति अनुरुप चलिरहेको बताउनुभयो । कम्तिमा पनि सीटीइभीटीको पाठ्यक्रम र पुनर्संरचनामा सुधार गर्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रमका मुख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम ई.टि.एच. ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघिय संरचनामा टी–भेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नता हुनुपर्ने बताइन् । शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिइन् ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सीपको ठूलो अभाव रहेको बताए । उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको बताउनुहुँदै दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्नेमा जोड दिए । उद्योगका लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।
स्विस दुतावासका डेप्युटी हेड अफ मिसन/चार्जे डी’अफेयर्स माथियास मेईरले स्विटजरल्याण्डले ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण
कार्यक्रमलाई नेपालमा बिगत एक वर्ष भन्दा लामो समय देखि प्रवर्धन गर्दै आइरहेको बताए ।
यसैगरि सी.टी.ई.भि.टी. का सदस्य–सचिव महेश भट्टराई, होटेल संघ नेपालका अध्यक्ष विनायक शाह, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सिपयुक्त जनशक्ती बनाउन नेपाली युवाहरुलाई शिक्षा र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औल्याए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS