GBIME
IME Life

नेपालमा सबैभन्दा बढी वैदेशिक लगानी भारतबाट, औद्योगिक क्षेत्रमा करिब ६०%

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भारतबाट प्राप्त भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार समीक्षा वर्षमा भारतको १ खर्ब ३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ। यो कुल वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा हो। समीक्षा वर्षमा नेपालमा कुल २ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी आएको छ।

SKYWELL
Crest

दोस्रोमा चीन रहेको छ। चीनले नेपालमा ३५ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ। चीनको हिस्सा १२ प्रतिशत रहेको छ।

यसैगरी समीक्षा वर्षमा आयरल्यान्डबाट २२ अर्ब ६२ करोड रुपैयाँ, अस्ट्रेलियाबाट १९ अर्ब ६ करोड रुपैयाँ र सिंगापुरबाट १८ अर्ब ८१ करोड रुपैयाँ नेपालमा वैदेशिक लगानी रहेको देखिन्छ।

वैदेशिक लगानीको ठूलो हिस्सा औद्योगिक क्षेत्रमा गएको देखिन्छ। यो क्षेत्रमा ५९.७ प्रतिशत लगानी भएको छ।

औद्योगिक क्षेत्रमा पनि जलविद्युतमा ३० प्रतिशत र उत्पादनमा २९.४ प्रतिशत वैदेशिक लगानी गएको प्रतिवेदनमा उल्लेख छ।

Survey-Report-on-Foreign-Direct-Investment-2022-23

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS